हेटौंडा १० को ६०० मत गणनाः कसले कति मत पाए ?
मकवानपुर । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत हेटौंडा उपमहानगरपालिकाको मत गणना जारी रहेको छ । हालसम्म वडा नम्वर १, २, ३, ४, ५,६, ७, १४, १५, १६, १७, १८ र १९ को मतगणना सम्पन्न भइसकेको छ भने बाँकी वडाहरुको मतगणना जारी रहेको छ ।
हाल वडा नम्वर १० को मतगणना जारी छ । हेटौंडा १० को हालसम्म ६०० मत गणना हुँदा मेयर पदमा गठबन्धनकी मीना लामालाई १४८ मत, एमालेका अनन्त पौडेललाई १६० मत र राप्रपाका दीपकबहादुर सिंहलाई २२३ मत प्राप्त भएको छ ।
त्यस्तै, उपमेयर पदमा गठबन्धनका राजेश बानियाँलाई २३७ मत, एमालेकी सुमित्रा काफ्लेलाई २०१ मत र राप्रपाकी इन्दिरा डल्लाकोटीलाई ८३ मत प्राप्त भएको छ ।
त्यस्तै, वडा अध्यक्ष पदमा नेकपा एमालेका फूर्बा दोर्जे तमाङ्गलाई २३९ मत, नेपाली कांग्रेसका रमेशध्वज कार्कीलाई १६५ मत, नेकपा माओवादी केन्द्रका सन्तोष न्यौपानेलाई ८५ मत र राप्रपाका राजकुमार थापा क्षेत्रीलाई ४८ मत मत प्राप्त भएको छ ।
