हेटौंडाको ताजा मत परिणामः ५७७१५ गणना गर्दा गठबन्धनकी मीना १२०२ मतले अगाडि
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको मेयरमा सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीकी उम्मेदवार मीना लामाले अग्रता कायमै राखेकी छिन् । साँझ ७ बजेसम्मको मतगणना अनुसार ५७ हजार ७१५ मतगणना हुँदा उनले १८ हजार ३० मत प्राप्त गरेकी छन् ।
उनको प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अनन्तप्रसाद पौडेलले १६ हजार ८२८ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा रहेका राप्रपाका उम्मेदवार दीपकबहादुर सिंहले १६ हजार १९५ मत प्राप्त गरेका छन् । हेटौंडामा ७४ हजार १८५ मत खसेको थियो । हेटौंडाको मतगणना जारी रहेको छ ।
मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार शुक्रबार रातिसम्ममा अन्तिम नतिजा सार्वजनिक हुनेछ । हेटौंडामा हालसम्म १३ वटा वडाको मतगणना सकिएको छ । कांग्रेसले ७ वटा र एमालेले ६ वटामा जित हाँसिल गरेको छ । हाल बाँकी ६ वटा वडाको मतगणना जारी छ ।
