हेटौंडा १२ मा १४६९ मत गणनाः वडा अध्यक्ष पदमा रोचक प्रतिस्पर्धा

तु खबर संवाददाता
२०७९ जेष्ठ ५, बिहीबार १४:२२
file-photo

मकवानपुर । स्थानीय तह निर्वाचन– २०७९ अन्तरगत हेटौंडा उपमहानगरपालिकाको मत गणना जारी रहेको छ । वडा नम्वर १२ को मतगणना भइरहेको छ । हालसम्म १ हजार ४७९ मत गणना गर्दा मेयर पदमा गठबन्धनकी मीना लामालाई ६०२ मत, एमालेका अनन्त पौडेललाई ३१६ मत र राप्रपाका दीपकबहादुर सिंहलाई ३२० मत प्राप्त भएको छ ।

त्यस्तै, उपमेयर पदमा गठबन्धनका राजेश बानियाँलाई ८८६ मत, एमालेकी सुमित्रा काफ्लेलाई ३७८ मत र राप्रपाकी इन्दिरा डल्लाकोटीलाई ११७ मत प्राप्त भएको छ ।

त्यस्तै, वडा अध्यक्ष पदमा नेकपा कांग्रेसका अर्जुनप्रसाद तिवारीलाई ४२४ मत, नेकपा माओवादीका ललितबहादुर घलान ४३५ मत, नेकपा एमालेका राजेश नगरकोटीलाई ४०५ मत मत प्राप्त भएको छ ।