हेटौंडा-७ मा नेपाली कांग्रेसका गौतम विजयी

तु खबर संवाददाता
२०७९ जेष्ठ ५, बिहीबार १३:३६

मकवानपुर । स्थानीय तह निर्वाचन अन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नम्वर ७ मा नेपाली कांग्रेस विजयी भएको छ । हेटौंडा– ७ को वडा अध्यक्षमा कांग्रेसका दामोदर गौतम विजयी भएका हुन् ।

उनी १ हजार ४९० मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवार राजन थापाले १ हजार ३४९ मत ल्याएका छन् । सो वडामा २ हजार ९४० मत खसेको थियो । हेटौंडा–७ मा गठबन्धनको प्यानलनै विजयी भएको हो ।