गृह वडामै अनन्त पछाडी

तु खबर संवाददाता
२०७९ जेष्ठ ५, बिहीबार १२:५१

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी रहेको छ । वडा नम्वर ९ को मत गणना सुरु भई जारी रहेको छ । हालसम्म ३०० मत गणना गर्दा नेकपा एमालेबाट मेयर पदका उम्मेदवार अनन्तप्रसाद पौडेल गृह वडामै पछाडी परेका छन् ।

उनले ६७ मत प्राप्त गर्दा गठबन्धनकी मीना लामाले ९८ र राप्रपाका दीपकबहादुर सिंहले ९३ मत पाएका छन् । एमालेको पक्कड मानिएको सो वडामै पौडेल पछाडी परेका हुन् ।

त्यस्तै उपमेयर पदमा एमालेकी सुमित्रा काफ्लेले ७८, गठबन्धनका राजेश बानियाँले १३३ र राप्रपाकी इन्दिरा डल्लकोटीले २९ मत ल्याएकी छिन् ।

वडामा गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका सुकराम केसीले १७३, एमालेका लक्ष्मणप्रसाद भण्डारीले ८५ र राप्रपाका कविन्द्रराज भट्टराईले २५ मत प्राप्त गरेका छन् ।