हेडौंडा ८ को १७०० मतगणना: गठबन्धनका थापा अघिअघि, एमालेका कार्की पछिपछि
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ को मतगणना जारी रहेको छ । हालसम्म १ हजार ७०० मत गणना भएको छ । जसमा मेयर पदमा राप्रपाका उम्मेदवार दिपक सिंहले सबैभन्दा कम मत प्राप्त गरेका छन् । उनले ३९४ मत ल्याएका हुन् ।
त्यसैगरी, गठबन्धनकी मिना लामाले ४४८ मत प्राप्त गरेकी छिन् भने नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले ६८५ मत प्राप्त गरेका छन् ।
त्यस्तै, उपप्रमुखमा गठबन्धनका राजेश बानियाँलाई ७९८, एमालेकी सुमित्रा काफ्लेलाई ७६२ र राप्रपाकी इन्दिरा डल्लाकोटीलाई ५७ प्राप्त भएको छ ।
वडा अध्यक्ष पदमा गठबन्धनको तर्फबाट कांग्रेसका रामकृष्ण थापाले ८१८ मत, एमालेका बोलबहादुर कार्कीले ७९२ मत ल्याएका छन् । वडामा थापाले कार्कीलाई २६ मतले पछाडि पारेका छन् ।
