हेटौंडा ८ मा १५०० मत गणना: मेयरमा एमाले, वडामा गठबन्धन अगाडि

तु खबर संवाददाता
२०७९ जेष्ठ ५, बिहीबार ०९:०१
file-photo

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ को मतगणना जारी रहेको छ । हालसम्म १ हजार ५०० मत गणना भएको छ । जसमा मेयर पदमा राप्रपाका उम्मेदवार दिपक सिंहले सबैभन्दा कम मत प्राप्त गरेका छन् । उनले ३४७ मत ल्याएका हुन् ।

त्यसैगरी, गठबन्धनकी मिना लामाले ४०० मत प्राप्त गरेकी छिन् भने नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले ६०१ मत प्राप्त गरेका छन् ।
त्यस्तै, उपप्रमुखमा गठबन्धनका राजेश बानियाँलाई ७११,एमालेकी सुमित्रा काफ्लेलाई ६७४ र राप्रपाकी इन्दिरा डल्लाकोटीलाई ४७ प्राप्त भएको छ ।

वडा अध्यक्ष पदमा गठबन्धनको तर्फबाट कांग्रेसका रामकृष्ण थापाले ७२१ मत, एमालेका बोलबहादुर कार्कीले ७०० मत ल्याएका छन् ।