हेटौंडा ११ मा ३०० मत गणनाः मेयरमा राप्रपा, वडामा एमाले अगाडि

तु खबर संवाददाता
२०७९ जेष्ठ ५, बिहीबार ०८:१६

मकवानपुर । स्थानीय तह निर्वाचन– २०७९ अन्तरगत हेटौंडा उपमहानगरपालिकाको मत गणना जारी रहेको छ । वडा नम्वर ११ को पनि मतगणना सुरु भई हाल जारी रहेको छ । हालसम्म ३०० मत गणना गर्दा मेयर पदमा एमालेका अनन्त पौडेललाई ८४ मत, गठबन्धनकी मीना लामालाई ८० मत र राप्रपाका दीपकबहादुर सिंहलाई ९५ मत प्राप्त भएको छ ।

त्यस्तै, उपमेयर पदमा गठबन्धनका राजेश बानियाँलाई १०६ मत, एमालेकी सुमित्रा काफ्लेलाई १०६ मत र राप्रपाकी इन्दिरा डल्लाकोटीलाई २१ मत प्राप्त भएको छ ।

त्यस्तै वडा अध्यक्ष पदमा नेकपा एमालेकी जुना दाहाललाई ११५ मत प्राप्त भएको छ भने गठबन्धनको तर्फबाट माओवादी केन्द्रका मधुकुमार थापा मगरलाई ६६ मत र राप्रपाका रामकृष्ण बजगाईंलाई ७ मत प्राप्त भएको छ ।