हेटौंडा १४: एमालेका खड्का निर्वाचित (मत परिणामसहित)
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १४ को अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । वडा अध्यक्ष पदमा दीपक खड्का निर्वाचित भएका छन् । कूल ३ हजार ११० मत गणना गर्दा खड्काले १ हजार ७८२ मत पाएका छन् । खड्का २०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्ष निर्वाचित भएका थिए । त्यस्तै गठबन्धनका ज्ञानेन्द्र मुक्तानले १ हजार १४६ मत प्राप्त गरे भने राप्रपाकी जानुका दुवाडीले १४ मत पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
सो वडाबाट मेयर पदमा नेकपा एमालेका अनन्त पौडेलले १ हजार ६२३, गठबन्धनकी मीना लामाले १ हजार ४८ मत र राप्रपाका उम्मेदवार दीपक सिंहले १८७ मत प्राप्त गरेका छन् । त्यस्तै, एमालेकी सुमित्रा काफ्लेलाई १ हजार ७८४ मत, राजेश बानियाँलाई १ हजार ३४ मत र राप्रपाकी इन्दिरा डल्लाकोटीलाई ७६ प्राप्त भएको हो ।
