हेटौंडा ८ मा ४०० मत गणनाः कसले कति मत पाए ?

तु खबर संवाददाता
२०७९ जेष्ठ ४, बुधबार २१:३२

मकवानपुर । स्थानीय निर्वाचन अन्तरगत हेटौंडा उपमहानगरपालिकाको वडा नम्वर ८ को पनि मतगणना सुरु भई हाल जारी रहेको छ । हालसम्म ४०० मतगणना भएको छ । सो वडाबाट मेयर पदमा एमालेका अनन्त पौडेललाई १४०, गठबन्धनकी मीना लामालाई ११२ र राप्रपाका दीपकबहादुर सिंहलाई ११४ मत प्राप्त भएको छ ।

त्यस्तै उपमेयर पदमा गठबन्धनका राजेश बानियाँलाई १९९, एमालेकी सुमित्रा काफ्लेलाई १५४ मत प्राप्त भएको छ । त्यस्तै वडा अध्यक्ष पदमा गठबन्धनका उम्मेदवारलाई २२१ , एमालेका उम्मेदवारको १६७ प्राप्त गरेका छन् ।