हेटौंडा १५ मा ३२४९ मतगणनाः कसले कति मत पाए ?

तु खबर संवाददाता
२०७९ जेष्ठ ४, बुधबार २०:४९

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ को मतगणना जारी रहेको छ । हालसम्म ३ हजार २४९ मतगणना हुँदा मेयर पदमा गठबन्धनकी मीना लामाले १ हजार २८६ मत, नेकपा एमालेका अनन्त पौडेलले १ हजार ४७० मत र राप्रपाका दिपक सिंहले ७९१ मत पाएका छन् ।

त्यस्तै, उपप्रमुख पदमा गठबन्धनका राजेश बानियाँले १ हजार ७८७ मत, एमालेकी सुमित्रा काफ्लेले १ हजार ७१७ मत र राप्रपाकी इन्दिरा डल्लाकोटीले ९५ मत पाएका छन् ।

वडा अध्यक्ष पदमा एमालेका सुनिल मोक्तानले १ हजार ९२९ मत, गठबन्धनका नवराज घलानले १ हजार १६७ मत पाएका छन् । सो वडामा ४ हजार २४९ मत खसेको थियो ।