हेटौंडामा ४२१९० मत गणनाः मीनाको अग्रता कायमै

तु खबर संवाददाता
२०७९ जेष्ठ ४, बुधबार १८:५९

मकवानपुर । स्थानीय तह निर्वाचन २०७९ अन्तरगत हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी छ । हालसम्म ४२ हजार १९० मत गणना भएको छ । जसमा गठबन्धनकी उम्मेदवार मीना लामाले अग्रता कायमै राखेकी छिन् ।

बुधबार साँझ ६ बजेसम्मको मत परिणाम अनुसार लामाले राप्रपाका उम्मेदवार दीपकबहादुर सिंहलाई ६३६ मतको अग्रता कायम राखेकी हुन् । लामाले १३ हजार ६९८ मत प्राप्त गरेकी छिन् भने सिंहले १३ हजार

उपमेयरमा नेपाली कांग्रेसले फराकिलो अग्रता कायम गरेको छ । उपमेयरमा कांग्रेसका राजेश बानियाँले २० हजार ६०६ मत प्राप्त गरेका छन् । उपमेयरमा एमालेकी सुमित्रा काफ्लेले १५ हजार २६० मत प्राप्त गरेकी छिन् । हालसम्म हेटौंडाको ८ वटा वडाको मात्रै मतगणना सम्पन्न भएको छ । जसमध्ये ६ वटामा कांग्रेस र २ वटा एमालेले जितेको छ ।