हेटौंडाको ताजा मत परिणामः मीना ८३४ मतले अगाडि

तु खबर संवाददाता
२०७९ जेष्ठ ४, बुधबार १३:१०

मकवानपुर । स्थानीय तह निर्वाचन २०७९ को मतगणना जारी रहेको छ । हेटौंडा उपमहानगरपालिकाको हालसम्म ३७ हजार ९९४ मत गणना भएको छ । जसमा मेयर पदमा सत्तारुढ गठबन्धनकी मीना कुमारी लामाले सबैभन्दा बढी भत प्राप्त गरेकी छिन् ।

उनले ११ हजार ८७९ मत ल्याउँदा प्रतिस्पर्धी राप्रपाका दीपक बहादुर सिंहले ११ हजार ४५ मत ल्याएका छन् । मीनाले दीपकलाइ ८३४ मतले पछाडी पारेकी छिन् । त्यस्तै नेकपा एमाललेका अनन्त प्रसाद पौडेलले १० हजार ७४४ मत ल्याएका छन् ।

त्यस्तै उपमेयर पदमा गठबन्धनको तर्फबाट कांग्रेसका राजेश बानियाँले १६ हजार ९६७ मत प्राप्त गरेका छन् । उनलाई पछ्याउँदै नेकपा एमालेकी सुमित्रा काफ्लेले ११ हजार ८९५ मत पाएकी छिन् । राप्रपाकी इन्दिरा डल्लाकोटीले २ हजार ७७८ मत प्राप्त गरेकी छिन् ।