हेटौंडा १५ मा २३१४ मतगणनाः एमाले अघिअघि गठबन्धन पछिपछि

तु खबर संवाददाता
२०७९ जेष्ठ ४, बुधबार १०:१६

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ को मतगणना जारी रहेको छ । हालसम्म २ हजार ३१४ मतगणना हुँदा मेयर पदमा गठबन्धनकी मीना लामाले ८५०, नेकपा एमालेका अनन्त पौडेलले ९८८ मत पाएका छन् ।

त्यस्तै उपप्रमुख पदमा गठबन्धनका राजेश बानियाँले ८०२, एमालेकी सुमित्रा काफ्लेले १ हजार १५४, मत पाएका छन् ।

वडा अध्यक्ष पदमा एमालेका सुनिल मोक्तानले १ हजार ३३६ मत, गठबन्धनका नवराज घलानले ७९३ मत पाएका छन् । सो वडामा ४ हजार २४९ मत खसेको थियो ।