हेटौंडा ७ मा ७०० मतगणनाः एमालेका पौडेल अगाडि
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ७ को मतगणना जारी रहेको छ । हालसम्म ७०० मतगणना हुँदा मेयर पदमा गठबन्धनकी मीना लामाले २२४, नेकपा एमालेका अनन्त पौडेलले २४६ र राप्रपाका दीपक सिंहले १७८ मत पाएका छन् ।
त्यस्तै उपप्रमुख पदमा गठबन्धनका राजेश बानियाँले ३७६, एमालेकी सुमित्रा काफ्लेले २७१, राप्रपाकी इन्दिरा डल्लाकोटीले २८ मत पाएकी छिन् । वडा अध्यक्ष पदमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार दामोदर गौतम ले ३७५ मत पाउँदा नेकपा एमालेका उम्मेदवार राजन थापाले ३११ मत पाएका छन् ।
