हेटौंडा १५ को १५१५ मतगणनाः एमालेका मोक्तान अगाडि

तु खबर संवाददाता
२०७९ जेष्ठ ४, बुधबार ०८:२३

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ को मतगणना जारी रहेको छ । हालसम्म १ हजार ५१५ मतगणना हुँदा मेयर पदमा गठबन्धनकी मीना लामाले ५४५, नेकपा एमालेका अनन्त पौडेलले ६६१ र राप्रपाका दीपक सिंहले १४० मत पाएका छन् ।

त्यस्तै उपप्रमुख पदमा गठबन्धनका राजेश बानियाँले ५२२, एमालेकी सुमित्रा काफ्लेले ७६९, राप्रपाकी इन्दिरा डल्लाकोटीले ४७ मत पाएकी छिन् ।

वडा अध्यक्ष पदमा एमालेका सुनिल मोक्तानले ९०२ मत, गठबन्धनका नवराज घलानले ५१३, राप्रपाका उम्मेदवारले २३ मत पाएका छन् । सो वडामा ४ हजार २४९ मत खसेको थियो ।