हेटौंडा १६ अपडेटः रामकृष्ण कोइराला २ गुणाभन्दा बढी मतले अगाडि

तु खबर संवाददाता
२०७९ जेष्ठ ४, बुधबार ०८:०६

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १६ को मतगणना जारी रहेको छ । हालसम्म २ हजार ६ सय मत गणना गर्दा वडा अध्यक्ष पदमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका रामकृष्ण कोइरालाले अग्रता कायमै राखेका छन् ।

कोइरालाले प्रतिस्पर्धी उम्मेदवारलाई २ गुणाभन्दा बढी मतले पछाडि पारेका हुन् । कोइरालाले १ हजार ७४३ मत पाउँदा उनका प्रतिस्पर्धी नेकपा एमालेका बसन्त लामिछानेले ७५८ मत मात्रै ल्याएका हुन् ।

सो वडामा ३ हजार ७३९ मत खसेको थियो । बाँकी मत गणना भइरहेको जनाइएको छ । स्थानीय तहको निर्वाचन २०७४ मा वडा अध्यक्ष निर्वाचित भएका कोइरालाले ५ बर्षको अवधिमा राम्रो काम गरेकोले जनताको उत्साहजनक मत पाएको राजनीतिक वृत्तमा चर्चा छ ।