हेटौंडा अपडेटः मीना २९५ मतले अगाडि

तु खबर संवाददाता
२०७९ जेष्ठ ३, मंगलवार २२:३८

मकवानपुर । स्थानीय तहको निर्वाचन अन्तरगत हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले दिएको जानकारी अनुसार राति १० बजेसम्ममा २८ हजार ८७५ मत गणना भएको छ ।

प्राप्त नतिजा अनुसार मेयर पदमा गठबन्धनकी मीना कुमारी लामाले सबैभन्दा धेरै मत पाएकी छिन् । उनले राप्रपाका दीपक बहादुर सिंहलाई २९५ मतले लिड गरेकी छिन् । लामाले ८ हजार ९८२ मत पाउँदा राप्रपाका सिंहले ८६८७ मत पाएका छन् । त्यस्तै नेकपा एमालेका अनन्त पौडेलले ७ हजार ९५७ मत ल्याएका छन् ।

त्यस्तै उपमेयर पदमा गठबन्धनका राजेश बानियाँले १२ हजार ८७६ मत पाएका छन् भने एमालेकी सुमित्रा काफ्लेले ८ हजार ६६४ मत पाएकी छिन् । त्यस्तै राप्रपाकी इन्दिरा डल्लाकोटीले २ हजार १४२ मत पाएकी छिन् ।