हेटौंडा–१४ को ५५० मतगणनाः कसलाई कति मत ?

तु खबर संवाददाता
२०७९ जेष्ठ ३, मंगलवार २१:४१
file-photo

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १४ को ५५० मतगणनाको मतपरिणाम सार्वजनिक भएको छ । प्राप्त नतिजा अनुसार मेयर पदमा नेकपा एमालेका अनन्‍तप्रसाद पौडेलले २९६ मत पाउँदा गठबन्धनकी मीना कुमारी लामाले १६० मत पाएकी छिन् । त्यस्तै राप्रपाका दिपकबहादुर सिंहले ६४ मत पाएका छन् ।

उपमेयरमा एमालेकी सुमित्रा काफ्‍लेले ३१८ मत पाउँदा गठबन्धनबाट नेपाली कांग्रेसका राजेश बानियाले १६४ मत पाएका छन् भने राप्रपाकी इन्दिरा न्यौपानेले १७ मत पाएकी छिन् ।

यसैगरी, वडा अध्यक्षमा एमालेका दिपक खड्काले आफ्नो अग्रता फराकिलो बनाएका छन् । उनले ३३४ मत पाउँदै अग्रता बढाएका हुन् भने गठबन्धनबाट नेकपा माओवादीका ज्ञानेन्‍द्र मुक्तानले १८० मत ल्याउँदै खड्कालाई पछ्याइरहेका छन् ।