बकैया ४ मा एमालेका दंगाल विजयी

तु खबर संवाददाता
२०७९ जेष्ठ ३, मंगलवार २०:२३
file-photo

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर ४ मा नेकपा एमालेबाट वडा अध्यक्षका उम्मेद्वार राजन दंगालको प्यानलनै विजयी भएको छ । प्राप्त मतपरिणाम अनुसार वडा अध्यक्षका उम्मेद्वार दंगाल १ हजार १११ मत सहित निर्वाचित भएका हुन् । दंगाल दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।

२०७४ मा भएको स्थानीय निर्वाचनमा पनि उनि नेकपा एमालेबाट वडा अध्यक्षमा विजयी भएका थिए । दंगालका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका विमल नेपालले ७८९ मत पाउँदा नेपाली कांग्रेसका अर्जुनप्रसाद तिमल्‍सिनाले ६५६ मत पाए । यसैगरी, राप्रपाबाट वडा अध्यक्षका उम्मेद्वार तेज प्रसाद चौलागाईंले ३८ मत, जनता समाजवादी पार्टी, नेपालका वालकुमार माझीले ५ मत पाए । त्यसैगरी बकैया ४ को वडा सदस्यहरुमा पनि एमालेका उम्मेदवारहरु विजयी भएका छन् ।