मकवानपुरगढी ५ को २००० मत गणना: दोर्जे अघिअघि विदुर पछिपछि

तु खबर संवाददाता
२०७९ जेष्ठ ३, मंगलवार १५:५५

मकवानपुर । मकवानपुरगढी गाउँपालिका वडा नम्वर ५ को २ हजार मत गणना हुँदा गाउँपालिका अध्यक्ष पदमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका दोेर्जे लामा स्याङ्तानले ९७७ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा एमालेका उम्मेदवार विदुर हुमागाईंले ८८३ मत प्राप्त गरेका छन् । हुमागाईंकै गृह वडामा लामाले ९४ मतले लिड गरेका छन् ।

त्यस्तै उपाध्यक्षमा गठबन्धनका उम्मेदवार मानकुमारी पाख्रिनले ८८३ मत प्राप्त गरेकी छिन् भने एमालेकी सन्तु थिङले ६९७ मत प्राप्त गरिन् ।
वडा अध्यक्षमा भने कांग्रेसका उम्मेदवारले १ हजार ५३, एमालेका उम्मेदवारले ६४३ र माओवादी केन्द्रका उम्मेदवारले २०७ मत प्राप्त गरेका छन् ।