हेटौंडा १८ मा एमालेका अनिल बानियाँ निर्वाचित
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १८ मा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । वडा अध्यक्ष पदमा अनिल बानियाँसहित एमालेको प्यानलनै विजयी भएको हो ।
गएराति सम्पन्न मतगणना अनुसार बानियाँले १ हजार ८९८ मतसहित दोस्रो कार्यकालको लागि वडा अध्यक्षमा निर्वाचित भएका हुन् । बानियाँ यसअघि, २०७४ को स्थानीय निर्वाचनमा पनि एमालेबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।
उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका रामबाबु बानियाँले १ हजार ७२० मत ल्याए । यसैगरी ,राप्रपाबाट दामोदर बानियाँले १४३, स्वतन्त्र सुन्दर दाहालले ९३ मत र जनता समाजवादी पार्टी, नेपालका मोहन थिङले ३७ मत ल्याए ।
