मकवानपुरगढीमा एमालेले खाता खोल्योः ३ नम्वर वडामा घिमिरे निर्वाचित
मकवानपुर । मकवानपुरगढी गाउँपालिका वडा नम्वर–३ को वडाध्यक्ष पदमा नेकपा एमालेका भागवत घिमिरे विजयी भएका छन् । गएराति सम्पन्न वडाको मत गणनामा घिमिरेले गठबन्धनका उम्मेदवार अर्जुनप्रसाद दाहाललाई पराजित गर्दै वडाध्यक्षमा दोस्रो कार्यकालको लागि निर्वाचित भएका हुन् ।
उनले वडाको कुल १ हजार ९२६ मत खसेकोमा ९४३ ल्याई विजयी भएका हुन् । गठबन्धनका उम्मेदवार दाहालले ८८६ मत प्राप्त गरे । वडामा घिमिरेसहित नेकपा एमालेको प्यानल नै विजयी भएको हो ।
त्यस्तै सो वडाबाट गाउँपालिका अध्यक्षमा गठबन्धनका उम्मेदवार दोर्जे लामा स्याङ्तानले ७५७ र एमालेका विदुर हुमागाईंले १ हजार ३४ मत प्राप्त गरे । उपाध्यक्षमा गठबन्धनकी मान कुमार पाख्रिनले ७०८ र एमालेका उम्मेदवारले १ हजार १९ मत ल्याए ।
