हेटौंडामा १६६०७ मत गणना: मिना लामाको अग्रता कायमै
मकवानपुर । स्थानीय तहको निर्वाचन अन्तरगत हेटौंडाको मेयरमा सत्तारुढ गठबन्धनकी उम्मेदवार नेकपा एकीकृत समाजवादीकी मीना लामाले अग्रता लिएकी छिन् ।
१६ हजार ६०७ मत गणना हुँदा लामाले आफ्ना निकटतम प्रतिष्पर्धी राप्रपाका दीपकबहादुर सिंह भन्दा ३१० मतले अघि छिन् । साँझ ७ः३० बजेसम्मको मत परिणाम अनुसार लामाले ५ हजार २४५ मतले अघि छिन् । निकटतम प्रतिस्पर्धी राप्रपाका दिपकबहादुर सिंहले ४ हजार ९३० मत ल्याएका छन् ।
नेकपा एमालेका अनन्त पौडेलले ४ हजार ३८४ मत ल्याएका छन् । अहिले ३,४,५,१६,१७ र १८ नम्बर वडाको गणना भइरहेको छ । हेटौंडामा कांग्रेसले २ र एमालेले एक वडामा जीत हात पारेको छ ।
