हेटौंडा ४ मा २०० मत गणनाः कसको मत कति ?
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी छ । वडा नम्वर ४ को मतगणना भर्खरै सुरु भएको छ । हालसम्म २०० मतगणना गरिएको छ । एमालेको राम्रो पकड भएको भनिएको सो वडामा राप्रपाले राम्रो उपस्थिति जनाएको छ ।
प्राप्त मत परिणाम अनुसार गठबन्धनकी उम्मेदवार मिना लामालाई ४७, नेकपा एमालेका अनन्त पौडेललाई ६५, र राप्रपाका दिपक सिंहलाई ६४ मत प्राप्त भएको छ ।
त्यस्तै उपमेयरका लागि गठबन्धनका राजेश बानियाँले ९३, एमालेकी सुमित्रा काफ्लेलाई ७१, राप्रपाकी इन्दिरा डल्लाकोटीलाई २३ मत प्राप्त भएको छ ।
त्यस्तै वडा अध्यक्षमा गठबन्धनका हरिप्रसाद पौडेलले ७३ र एमालेका नविन सिग्देलले ९१ मत प्राप्त गरेका छन् । यस वडामा कुल ८ हजार ४ सय २५ मतदाता रहेकोमा ४ मा ५ हजार ७७ मत खसेको थियो ।
