हेटौंडा ३ मा ६०० मत गणनाः मिना अगाडि, अनन्त तेस्रो स्थानमा
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर–३ को मतगणना जारी रहेको छ । हालसम्म ६ सय मत गणना भएको छ । जसमा मेयर पदमा गठबन्धनकी मिना लामाले २३८ मत प्राप्त गरेकी छिन् ।
यसैगरी, राप्रपाका उम्मेदवार दिपक सिंहले १७१ मत, नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले १०८ मत र मौलिक जरोकिलो पार्टीकी उम्मेदवार सृजना बर्तोलाले १४ मत प्राप्त गरेका छिन् ।
त्यस्तै, उपप्रमुखमा गठबन्धनका राजेश बानियाँलाई ३१४, एमालेकी सुमित्रा काफ्लेलाई १५६, राप्रपाकी इन्दिरा डल्लाकोटीलाई ३४ मत र मौलिक जरोकिलो पार्टीका सुनिल घिमिरेले १६ मत प्राप्त भएको छ ।
वडा अध्यक्ष पदमा कांग्रेसका उम्मेदवारले २८९, एमालेका उम्मेदवारले १७१ मत, नेकपा माओवादीका उम्मेदवारले १०० मत र राप्रपाका उम्मेदवारले १५ मत प्राप्त गरेका छन् ।
