हेटौंडा १ अपडेटः गठबन्धन जितेको वडामा दिपक सिंहलाई धेरै भोट
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ मा गठबन्धनका उम्मेदवार सविन न्यौपाने निर्वाचित भएका छन् । कूल ३ हजार २ सय ८६ मत खसेको सो वडामा न्यौपानेले १ हजार ४ सय ४२ मत प्राप्त गर्दा नेकपा एमालेका उत्तम पौडेलले १ हजार ३११ मत प्राप्त गरे भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सुजन शाहीले २०७ मत ल्याए ।
गठबन्धनका उम्मेदवार निर्वाचित भएको र नेकपा एमाले निकटतम प्रतिस्पर्धी रहेको सो वडाबाट मेयर पदमा भने राप्रपाका दिपक सिंहलाई सबैभन्दा बढी भोट प्राप्त भएको छ ।
सो वडाबाट मेयर पदमा गठबन्धनकी उम्मेदवार मिना लामा र एमालेका उम्मेदवार अनन्त पौडेललाई सिंहको भन्दा कम भोट प्राप्त भएको हो । सिंहले ९९७ मत ल्याउँदा लामाले ९७२ मत पाइन । त्यस्तै पौडेलले ८५६ मत मात्रै प्राप्त गरे ।
लामाले सिंहले भन्दा २५ मत र पौडेलले १४१ मत कम पाएका हुन् । सोही वडामा वडा अध्यक्षका उम्मेदवार सुजन शाहीले २०७ मत मात्रै पाएका छन् ।
