हेटौंडा १ मा गठबन्धनका सविन न्यौपाने निर्वाचित
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ मा गठबन्धनका सविन न्यौपाने निर्वाचित भएका छन् । १३१ मत अन्तरले न्यौपाने पुनः ५ बर्षको लागि वडाअध्यक्ष निर्वाचित भएका हुन् ।
न्यौपानेले १ हजार ४ सय ४२ मत प्राप्त गर्दा नेकपा एमालेका उत्तम पौडेलले १ हजार ३११ मत प्राप्त गरे । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सुजन शाहीले २०७ मत ल्याएका छन् । निर्वाचित भएसँगै न्यौपानेले वडाको समग्र विकास र वडावासीको हितका लागि डटेर काम गर्ने बताएका छन् ।
वडा नम्वर १ मा कूल ३ हजार २ सय ८६ मत वडा नम्वर १ मा कूल ३ हजार २ सय ८६ मत खसेको थियो । अहिले वडा नम्वर २,१८ र १९ को मतगणना जारी रहेको छ ।
