राक्सिराङ २ मा गठबन्धनका मुक्तान निर्वाचित

तु खबर संवाददाता
२०७९ जेष्ठ १, आईतवार ११:४०

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्वर २ मा गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । कांग्रेसका बुद्धराम मुक्तान निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालय जनाएको छ ।

मुक्तानले ४७८ मत प्राप्त गरेको जनाइएको छ । उनका प्रतिस्पर्धी नेकपा एमालेका सीताराम प्रजाले ३६५ मत ल्याएका छन् । राक्सिराङ १ मा भने नेकपा एमालेको प्यानल नै विजयी भइसकेको छ । १ मा बाबीराम मुक्तान निर्वाचित भएका हुन् । मतगणना जारी रहेको छ ।