हेटौंडा २ को मतगणना अपडेटः मेयरमा राप्रपा, वडा अध्यक्षमा गठबन्धन अगाडि

तु खबर संवाददाता
२०७९ बैशाख ३१,शनिबार १२:४५

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ को मतगणना जारी छ । हालसम्म २ सय मत गणना गर्दा मेयर पदमा राप्रपाका दिपकबहादुर सिंहले सबैभन्दा बढी मत ल्याएका छन् । उनले ९३ मत ल्याउँदा, नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले ४१ र गठबन्धनकी मिना कुमारी लामाले ४४ मत पाएकी हुन् ।

त्यस्तै उपमेयरमा गठबन्धनका उम्मेदवार राजेश बानियाँको १०६, नेकपा एमालेकी सुमित्रा काफ्लेको ४९ र राप्रपाकी इन्दिरा डल्लाकोटीले २७ मत पाएकी छिन् ।

वडा अध्यक्ष पदमा गठबन्धनका विष्णु गोपाल महर्जनले ७८ मत पाउँदा नेकपा एमालेका हरि राउतले ५७ मत ल्याएका छन् । त्यस्तै राप्रपाका किशोर ढकालले ३६ र स्वतन्त्र उम्मेदवार सुदिप राजबाहकले १२ मत पाएका छन् ।