थाहा नगरपालिका अपडेटः ८ सय मत गणना हुँदा कसको मत कति ?

तु खबर संवाददाता
२०७९ बैशाख ३१,शनिबार ११:०९

मकवानपुर । मकवानपुरको थाहा नगरपालिकामा मतगणना जारी छ । विहान ९ः५० बजेसम्ममा वडा नम्वर १ को ८ सय मत गणना गरिएको छ । जसमा गठबन्धनका उम्मेदवार विष्णु विष्टले ४३० मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार अचुतम ढकालले २५५ मत ल्याएका छन् । त्यस्तै राप्रपाका बसुन्धारा पुडासैनीले ५ मत ल्याएका छन् ।

त्यस्तै उपमेयर पदमा गठबन्धनका उम्मेदवार भरत गोपालीले ४१८, एमालेकी कल्पना बलामीले २५३, राप्रपाको नविन रायमाझीले ३ मत पाएका छन् ।

थाहा नगरपालिका वडा नम्वर १ मा जम्मा मतदाता २ हजार ६४५ रहेकोमा २ हजार १ सय ७ मत खसेको थियो ।