हेटौंडा उपमहानगर: १४५ गन्दा मिनाकै वडामा अनन्त अगाडि

तु खबर संवाददाता
२०७९ बैशाख ३१,शनिबार १०:००

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ को १४५ मत गणना गर्दा मेयर पदमा नेकपा एमाले अगाडि रहेको छ । एमालेका उम्मेदवार अनन्त पौडेलले ५३ मत पाएका छन् भने गठबन्धनकी मिना कुमारी लामाले ५१ मत ल्याएकी छिन् । त्यस्तै राप्रपाका दिपक सिंहले २५ मत ल्याएका छन् ।

उपमेयर पदमा भने गठबन्धनका राजेश बानियाँ अगाडि रहेका छन् । उनले ६६ मत पाउँदा नेकपा एमालेकी सुमित्रा काफ्लेले ६२ मत र राप्रपाकी इन्दिरा डल्लाकोटीले ७ मत ल्याएकी छिन् ।

वडा अध्यक्ष पदमा भने नेकपा एमालेका उम्मेदवारले ६८ र नेपाली कांग्रेसका उम्मेदवारले ६० मत पाएका छन् ।