हेटौंडा उपमहानगरपालिकाः मतगणना भोलि विहान ७ बजेबाट गर्ने सर्वदलीय बैठकको निर्णय

तु खबर संवाददाता
२०७९ बैशाख ३०,शुक्रबार २३:१२

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको मतगणना भोलि विहान ७ बजेबाट मात्रै हुने भएको छ । शुक्रबार राति बसेको सर्वदलीय बैठकले पानी परेका कारण मतदान कार्यक्रम ढिलोसम्म संचालन गर्नुपरेको मतपेटिका पनि ढिलो आइपुगेकोले भोलि विहान ७ बजेबाट मात्रै मतगणना गर्ने निर्णय गरेको हो ।

सोही निर्णय अनुसार भोलि विहानबाट मतगणना प्रारम्भ हुने मकवानपुरका मुख्य निर्वाचन अधिकृत डिल्लिरत्न श्रेष्ठले जानकारी दिएका छन् । अन्य पालिकाहरुको भने सर्वदलीय बैठक बसिरहेको र बैठकको निर्णय अनुसार मतगणना गर्ने वा नगर्ने विषयमा तय हुने उनले बताए ।