मकवानपुरमा ६० प्रतिशत मत खस्यो
मकवानपुर । आज दिउँसो ४ः३० बजेसम्मको अवधिमा मकवानपुरमा ६० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ । कार्यालयका सहायक निर्वाचन अधिकृत सागर शर्माले दिएको जानकारी अनुसार जिल्लाको हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका र ८ वटा गाउँपालिकामा अहिले मतदान प्रक्रिया शान्तिपूर्ण तवरबाट संचालन भइरहेको छ ।
दिउँसो पानी परेपछि अधिकाँश मतदान केन्द्रहरुमा मतदान कार्यक्रम प्रभाभित बन्न पुगेको भएपनि हाल वैकल्पिक व्यवस्था गरेर मतदान प्रक्रियालाई सूचारु गरिएको उनले शर्माले बताए । आयोगले मतदानको अवधि विहान ७ बजेदेखि बेलुका ५ बजेसम्मको लागि तय गरेको छ । मतदानस्थलमा साँझ ५ बजेसम्म आइपुगेका मतदातालाई मतदान प्रक्रियामा सहभागी गराइने शर्माले जानकारी दिए ।
मकवानपुरमा २ लाख ९४ हजार ९ सय १९ जना मतदाताहरु रहेका छन् । जसमध्ये १ लाख ४ ९ जना पुरुष , १ लाख ४४ हजार ९ सय ५९ जना महिला तथा ६ जना तेस्रो लिङ्गी रहेको निर्वाचन आयोग बागमती प्रदेश कार्यालय मकवानपुरको तथ्याङ्कमा उल्लेख छ ।
मकवानपुरको सबैभन्दा बढी मतदाता हेटौंडा उपमहानगरपालिकाको रहेको जनाइएको छ । हेटौंडामा मात्र १ लाख ४ हजार ४ सय ५० जना मतदाता रहेका छन् । यस्तै, थाहा नगरपालिकामा ३२ हजार ३ सय ७ जना मतदाता रहेका छन् । बकैया गाउँपालिकामा २९ हजार ९ सय ४३ जना, बागमती गाउँपालिकामा २२ हजार ४० जना मतदाता रहेका छन् ।
यस्तै भीमफेदी गाउँपालिकामा १७ हजार ४ सय २८ जना, मकवानपुरगढी गाउँपालिकामा १९ हजार १ सय १८ जना, मनहरी गाउँपालिकामा २७ हजार ७ सय २१ मतदाता रहेका छन् । राक्सिराङ गाउँपालिकामा १५ हजार ८ सय ३२ जना, ईन्द्रसरोवर गाउँपालिकामा १२ हजार ४ सय ७१ जना र कैलाश गाउँपालिकामा १४ हजार ५ सय ४७ मतदाता रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जानकारी दिएको छ ।
