रेनु दाहालले गरिन् मतदान
चितवन । सत्तारुढ पाँच दलीय गठबन्धनबाट चितवनको भरतपुर महानगरपालिकाको मेयर पदकी उम्मेदवार रेनु दाहालले मतदान गरेकी छन् । दाहालले भरतपुर महानगरपालिका वडा नम्वर–१४ स्थित प्रहरी विद्यालयमा पुगेर मतदान गरेकी हुन् ।
दाहाल २०७४ को स्थानीय तह निर्वाचनबाट मेयर निर्वाचित भएकी थिइन् । उनलाई सत्तारुढ गठबन्धनले पुनः मेयरको उम्मेदवार बनाएको हो ।
