सुनको भाउ प्रतितोला एक हजार रुपैयाँले घट्यो
काठमाडौं । आज बिहीबार नेपाली बजारमा सुनको भाउ घटेको छ । आज सुन प्रतितोला एक हजार रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार, बुधबार प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ९८ हजार रुपैयाँ कायम भएको छ ।
यस्तै, तेजावी सुनको मूल्य ९७ हजार पाँच सय रुपैयाँ तोकिएको छ भने चाँदीको मूल्य १३ सय २० रुपैयाँ कायम भएको छ । बुधबार तेजावी सुन ९८ हजार ५ सय र चाँदी १३ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।
