आज नेप्से ४ अकंले बढ्दा १ अर्ब ६२ करोडमाथिको कारोबार

तु खबर संवाददाता
२०७९ बैशाख ८, बिहीबार १५:३५
file-photo

काठमाडौं । आज साताको पाँचौं दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य अंकले बढेको छ । अघिल्लो दिनको तुलनामा बिहीबार नेप्से सामान्य अंकले बढेको हो । हिजो बुधबार ३६ अंकले घटेको नेप्से परिसूचक आज ४ दशमलव ९४ अंकले बढेर २ हजार ३ सय २५ अंकमा पुगेको छ ।

आज १ अर्ब ६२ करोड रुपैयाँ बराबरको ३९ लाख ९१ हजार कित्ता सेयर किनबेच भएको छ । कारोबार सुरू भएदेखि नै घट्न थालेको नेप्से साढे २ बजेदेखि उकालो लाग्न थालेको थियो । बन्द हुने समयसम्ममा आइपुग्दा सामान्य बढेको हो ।

यसअघि बुधबार नेप्सेमा सूचीकृत २२८ कम्पनीको ३५ लाख ७० हजार १४ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४५ करोड ८७ लाख ३७ हजार ७५५ रुपैयाँको कारोबार भएको थियो । आज बैंकिङ क्षेत्र, टेडिङ, फाइनान्स, निर्जिवन बीमा र म्युचुअल फण्डको उपसूचकमा राताम्मे भएको छ भने बाँकी सूचक उकालो लागेको छ ।