बुधबार शेयर बजारमा उच्च गिरावट

तु खबर संवाददाता
२०७९ बैशाख ७, बुधबार १५:४३

काठमाडौं । आज साताको चौथो दिन शेयर बजारमा उच्च गिरावट आएको छ । अघिल्लो दिन दोहोरो अंकले बढेको नेप्से परिसूचक आज ३६ दशमलव ७३ अंकले घटेर २ हजार ३२० दशमलव ५१ विन्दुमा कायम भएको छ ।

आज नेप्सेमा सूचीकृत २२८ कम्पनीको ३५ लाख ७० हजार १४ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४५ करोड ८७ लाख ३७ हजार ७५५ रुपैयाँको कारोबार भएको छ । यसअघि मंगलबार नेप्सेमा सूचीकृत २२९ कम्पनीको ३२ लाख १३ हजार १९५ कित्ता शेयर किनबेच हुँदा एक अर्ब ३२ करोड ६८ लाख ६५ हजार ९३१ रुपैयाँको कारोबार भएको थियो ।आज जीवन बीमा समूहको २४६.४७ रुपैयाँ र निर्जिबन बीमा समूहको १६९ दशमलव ८३ रुपैयाँले घटेको छ ।