नेपालको थप दुई देशसँग कुटनीतिक सम्बन्ध कायम
काठमाडौं । नेपालको थप दुई देशसँग कुटनीतिक सम्बन्ध कायम भएको छ । बुधबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले नेपालले पछिल्लो समय थप दुई देशसँग कुटनीतिक सम्बन्ध कायम भएको जानकारी गराएकी हुन् ।
प्रवक्ता लम्सालका अनुसार, नेपालले पछिल्लो समय देश दक्षिण सुडान र बेलिजसँग कूटनीतिक सम्बन्ध कार्यम गरेको हो । सरकारले २९ मार्च २०२२ मा दक्षिण सुडान र २ अप्रिल २०२२ मा बेलिजसँग दौत्य सम्बन्ध कायम भएको हो । योसँगै नेपालले हालसम्म विश्वका १७६ वटा देशसँग कूटनीतिक सम्बन्ध जोडेको छ ।
