बुधबार ४६ अंकले घट्यो शेयरबजार

तु खबर संवाददाता
२०७८ चैत्र २२, मंगलवार १५:४३

काठमाडौं । आज साताको तेस्रो दिन शेयर बजारमा उच्च गिरावट आएको छ । अघिल्लो दिन दोहोरो अंकले मात्र घटेको नेप्से परिसूचक आज ४६ दशमलव ४६ अंकले घटेर २ हजार ४५२ दशमलव ०६ विन्दुमा पुगेको छ ।

नेप्सेमा सूचीकृत २२८ कम्पनीको ५८ लाख ४१ हजार ९९८ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ६७ करोड १२ लाख ३२ हजार ३८८ रुपैयाँको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये होटल तथा पर्यटन समूह बाहेक आज सबै सूचक राताम्य भएका छन् ।