दोहोरो अंकले घट्यो नेप्से परिसूचक
काठमाडौं । आज साताको दोस्रो दिन शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १५ दशमलव ९४ अंकले घटेर २ हजार ४९७ दशमलव ४७ विन्दुमा कायम भएको छ । आज नेप्सेमा सूचीकृत २२६ कम्पनीको ३४ लाख २९ हजार ९१७ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ५८ करोड ४६ लाख ७१ हजार ५२६ रुपैयाँको कारोबार भएको छ ।
नेप्सेमा रहेका १३ उपसूचक नै आज राताम्य भएका छन् । सर्वाधिक बीमा कम्पनीहरुको शेयरमूल्य आज खस्किएको छ । निर्जिबन बीमा समूहको आज सर्वाधिक १९९ दशमलव ४६ रुपैयाँ र जीवन बीमा समूहको १२८ दशमलव ५३ रुपैयाँले घटेको छ ।



