दोहोरो अंकले बढ्यो नेप्से परिसूचक

तु खबर संवाददाता
२०७८ चैत्र १६, बुधबार १५:४७
file-photo

काठमाडौं । आज साताको चौथो दिन शेयर बजारमा हरियाली छाएको छ । यस साता लगातार गिरावट आएको पूँजी बजारमा आज नेप्से परिसूचक ४० दशमलव ६८ अंकले बढेर २ हजार ५६८ दशमलव २५ विन्दुमा पुगेको छ ।

नेप्से परिसूचक आज लामो समय अन्तरालपछि १.६१ प्रतिशतले बढ्न पुगेको हो । नेप्सेमा सूचीकृत २३२ कम्पनीको ४५ लाख २ हजार ५११ कित्ता शेयर किनबेच हुँदा २ अर्ब २५ करोड १ लाख १७ हजार २९६ रुपैयाँको कारोबार भएको छ ।

नेप्सेमा रहेका १३ उपसूचकमा नै आज हरियाली छाएको छ । सर्वाधिक जीवन बीमा समूहको २११.४ रुपैयाँले बृद्धि भएको छ भने निर्जीबन बीमा समूहको १९१.२ रुपैयाँले बढ्न पुगेको छ । अघिल्ला दिनहरुमा बीमा समूहमा उच्च गिरावट आएपनि आज एकाएक बढ्न पुगेको हो ।