बलेफी हाइड्रोपावरको आईपिओ खुल्यो

तु खबर संवाददाता
२०७८ चैत्र १६, बुधबार १०:०७
file-photo

काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडको ले आज (बुधबार) बाट सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) बिक्री खुल्ला गरेको छ । कम्पनीले सर्वसाधारणका लागि १८ लाख २७ हजार कित्ता आईपीओ बिक्रि खुला गरेको हो ।

कम्पनीले कुल १८ लाख २७ हजार ९ सय ७० कित्ता आईपीओ मध्ये ४ प्रतिशत अर्थात् ७३ हजार १ सय १९ कित्ता कम्पनीका कर्मचारीका लागि, ५ प्रतिशत अर्थात् ९१ हजार ३ सय ९८ कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याएर बाँकी रहेको १६ लाख ६३ हजार ४ सय ५३ कित्ता आईपीओ सर्वसाधारणमा जारी गरेको छ ।

सर्वसाधारणले आजबाट चैत्र २१ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।