दोहोरो अंकले बढ्यो नेप्से, साढे २ अर्बमाथिको कारोबार
काठमाडौं । आज साताको दोस्रो दिन सोमबार शेयर बजारमा सुधार आएको छ । आज नेप्से परिसूचाक १७ दशमलव ९९ अंकले बढेको हो । आइतबार १४ अकंले घटेर बन्द भएको शेयर बजार आज १७ दशमलव ९९ अकंले बढेर २ हजार ६३४ दशमलव ५७ बिन्दुमा पुगेर रोकिएको हो ।
आज नेप्सेमा सूचिकृत कम्पनीको ५१ लाख ८९ हजार ८३ कित्ता शेयर किनबेच हुदाँ २ अर्ब ५९ करोड २७ लाख १८ हजार रुपैयाँको कारोबार भएको छ । यसअघि आइतबार नेप्सेमा सूचीकृत ४२ लाख ८७ हजार ५६९ कित्ता शेयर किनबेच हुँदा २ अर्ब २७ करोड ४६ लाख २६ हजार १९० रुपैयाँको कारोबार भएको थियो । सोमबार नेपार दुरसञ्चार कम्पनीको सर्वाधिक कारोबार भएको छ भने इमर्जिङ पावरको शेयरमा सर्किट लागेको छ ।



