हेटौंडामा ५ दिने सेनेटरी प्याड बनाउने तालिम सुरु

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६ स्थित चौघडामा ५ दिने सेनेटरी प्याड बनाउने तालिम सुरु भएको छ । हेटौंडा–६ स्थित रानी सामुदायिक वन उपभोक्ता समूह, चौघडा सामुदायिक सिकाई केन्द्रको आयोजना एवम् हेटौंडा उपमहानगरपालिका नगर शिक्षा महाशाखाको सहयोगमा शनिबारबाट सुरु भएको हो ।
उक्त तालिमको उद्घाटन सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरका अध्यक्ष साधुराम चौलागाईले गरेका हुन् । कार्यक्रम वन समूहका अध्यक्ष विष्णुप्रसाद न्यौपानेको सभाध्यक्षतामा भएको तालिममा १५ जना महिलाहरुको सहभागिता रहेको आयोजकले जनाएको छ ।
कार्यक्रममा समूहका सल्लाहकार बलराम अधिकारी, कृष्ण बिडारी, चित्रेपानी सामुदायिक वनका अध्यक्ष सूर्यबहादुर घलान, वन समूहका उपाध्यक्ष केशव धिताल, सचिव नानीमाया रुम्बा, कोषाध्यक्ष गोमा लामिछाने, सहसचिव दीपक सापकोटा, कार्यालय सचिव भीमसेन पौडेल लगायतको उपस्थिति रहेको थियो ।