घेदुङको केन्द्रीय सदस्यमा निर्वाचित मकवानपुरका ३ जनालाई सम्मान

तु खबर संवाददाता
२०७८ चैत्र ५, शनिबार ०९:३२

मकवानपुर । नेपाल तामाङ घेदुङको नवौं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका मकवानपुरका तीन जनालाई सम्मान गरिएको छ । नेपाल तामाङ घेदुङ मकवानपुरले शुक्रबार एक कार्यक्रमबीच संघीय समिति निर्वाचनबाट केन्द्रीय सदस्यमा निर्वाचित मकवानपुरका तीन जनालाई सम्मान गरेको हो ।

घेदुङ मकवानपुरले केन्द्रीय सदस्यमा निवार्चित भएका मेम्बर लो, लक्ष्मि पाख्रिन र सुवास सिन्तानलाई सम्मान गरेको हो । कार्यक्रम घेदुङ जिल्ला समितिका कार्यवाहक अध्यक्ष कालु घलानको अध्यक्षता तथा घेदुङ बागमती प्रदेश समिति अध्यक्ष लिलाकुमार घलानको प्रमुख आतिथ्यतामा भएको हो ।

कार्यक्रममा घेदुङका पूर्व केन्द्रीय सदस्य सुनिल मोक्तान, घेदुङ मकवानपुरका सचिव आत्मराम मोक्तान, नगर समितिका अध्यक्ष भिमलाल सिन्तान, सचिव सुवास घिसिङ, हेटौंडा–१५ वडा समितिका अध्यक्ष विशाल लामालगायतको उपस्थिति रहेको थियो ।