पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण गर्न सरकारलाई निर्देशन
काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको बुधबार बसेको बैठकले उपभोक्तालाई मार नपर्ने गरी सर्वसुलभ तरिकाले पेट्रोलियम पदार्थ उपलब्ध गराएर मूल्य वृद्धि नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको समिति सभापति विमलप्रसाद श्रीवास्तवले जानकारी दिए ।
‘उपभोक्तालाई मार नपर्ने गरी सुलभ तरिकाले पेट्रोलियम पदार्थ उपलब्ध होस् । यसको लागि नेपाल आयल निगम पनि धरासायी स्थितिमा पुगेको हुनाले सम्बन्धित निकायलाई आयल निगमको जायज मागहरूको सम्बोधन होस् भन्ने समितिको ठहर रहेको छ,’ उनले भने । साथै नेपाल आयल निगमा उचित माग सम्बोधन गर्न पनि सरकारलाई सचेत गराइएको उनले बताए ।
