एकैदिन १९०० ले बढ्यो सुनको भाउ, प्रतितोला कति पुग्यो ?

तु खबर संवाददाता
२०७८ फाल्गुन १८,बुधबार १५:१४
file-photo

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ बढेको छ । केही दिनयता लगातार उकालो लागेको सुनको भाउ आज (बुधबार) एकैदिन १ हजार ९ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी ब्यवसाय महासंघले जनाएको छ ।

महाशाखाका अनुसार, भाउ बढेसँगै आज छापावाला सुनको भाउ प्रतितोला ९९ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार छापावाला सुनको भाउ प्रतितोला ९७ हजार ६ सय रुपैंया र तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, मंगलबार प्रतितोला १ हजार ३३५ रुपैयाँमा कारोबार भइरहेको चाँदी बुधबार भने प्रतितोलामा ४० रुपैयाँले बढेर प्रतितोला १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको छ ।