आज नेप्से परिसूचक झिनो अंकले गिरावट

तु खबर संवाददाता
२०७८ फाल्गुन १५, आईतवार १५:४३

काठमाडौं । आज साताको पहिलो दिन आइतबार शेयर बजारमा झिनो अंकले गिरावट आएको छ । आज नेप्से परिसूचक ७.७३ अंकले घटेर २ हजार ६५३ दशमलव ७० विन्दुमा झरेको छ । गत साताको कारोबारको अन्तिम दिन ५८ अंकले घटेर बजार बन्द भएको थियो ।

नेप्सेमा सूचीकृत २२४ कम्पनीको ७० लाख ४० हजार ५६३ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २७ करोड ३० लाख ६५ हजार ९०९ रुपैयाँको कारोबार भएको छ । नेप्समा रहेका २ उपसूचक बाहेकका सबै समूह राताम्य भएका छन् । आज हाइड्रोपावर समूह र अन्य समूह बाहेकका सबै समूह राताम्य भएका हुन् ।