हेटौंडा–६ पूर्ण संस्थागत सुत्केरी वडा घोषणा

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर–६ पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको छ । चौघडा स्वास्थ्य चौकीलाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएसँगै वडा पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको हो ।
बिहिबार चौघडा स्वास्थ्य चौकीद्वारा आयोजित उक्त कार्यक्रम हेटौंडा–६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत प्रमुख आतिथ्यतामा भएको हो ।
कार्यक्रममा स्वास्थ्य चौकीले गरेको विभिन्न क्रियाकलापहरुको प्रचारप्रसार गरी सहयोग गर्ने संचारकर्मी भीमसेन पौडेल र रुपेश दुलाललाई प्रशंसापत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । यसैगरी स्वास्थ्य चौकी जाने बाटोको लागि जग्गा दान गर्ने भगवती ढकाल, मनिस ढकाल र दिनेश ढकाल, महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्य चौकीका कर्मचारीहरुलाई पनि सम्मान गरिएको थियो ।